On this page:
हामी NDIS को नयाँ कानून बारेमा वेबसाइटमा जानकारी अद्यावधिक गर्दैछौं।
NDIS मा सुधारहरू
हामीहरू हामीले NDIS (एन् डि आइ एस्) वितरण गर्ने तरिकामा सुधार गर्दैछौँ।
निम्न कुरामा केही परिवर्तनहरू भएका छन्:
- NDIS ले के केलाई कोष उपलब्ध गराउनगर्न सक्छ?
- तपाईंले NDIS मा आवेदन गर्ने तरिका।
- हामीले तपाईंको योजना बनाउने तरिका।
- हामीले तपाईंको योजनामा परिवर्तनहरू गर्ने तरिका।
- तपाईंको योजनामा सेवा प्रदायकहरू अभिलेख गर्ने तरिका।
NDIS ले के केलाई कोष उपलब्ध गराउनगर्न सक्छ?
NDIS सम्बन्धि कानूनहरूमा परिवर्तनहरू भएका छन्। NDIS द्वारा कोष उपलब्ध गराउने सहायता र सेवाहरू, बिषय र उपकरणहरू सम्बन्धि नयाँ परिभाषा लागु भएको छ ।
जब तपाईंले आफ्नो योजनामा कोष प्राप्त गर्नुहुन्छ, त्यो NDIS का सहायताहरूको लागि प्रयोग गरिनुपर्छ।
NDIS का सहायताहरू:
- तपाईंले पहुँच प्राप्त गर्नुभएको अपाङ्गता र असक्ततासंग सम्बन्धित हुन्छन्
- NDIS द्वारा कोष उपलब्ध गराएका सेवाहरू, बिषयहरू र उपकरणहरूमा मात्र प्रयोग गर्न सकिनेछ।
थप जानकारीको लागि NDIS ले के केलाई कोष उपलब्ध गर्छ? मा जानुहोस्।
सम्बन्धहरू जोड्ने
NDIS ले अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता गर्न सक्छ, त्यो पनि उनीहरू NDIS सहभागी नभएतापनि।
यदि तपाईं ९ र ६४ वर्ष बीचको उमेरको हुनुहुन्छ भने, हामी तपाईंलाई तपाईंका समुदायका सेवाहरू र सहायताहरूसँग जोड्न सक्छौँ। हामी यसलाई सामुदायिक सम्बन्धहरू भन्छौँ।
यदि तपाईंलाई ९ वर्षभन्दा कम उमेरको बच्चाको लागि सहायता चाहिन्छ भने, हामी प्रारम्भिक सम्बन्धहरू प्रदान गर्न सक्छौँ। यदि तपाईं ६५ वर्ष वा माथिको उमेरको हुनुहुन्छ भने, हामी तपाईंलाई वृद्ध हेरचाह सेवाहरूका बारेमा जानकारी दिन सक्छौँ जसले तपाईंलाई सहयोग गर्न सक्छन्।
सामुदायिक सम्बन्धहरू वा प्रारम्भिक सम्बन्धहरू प्राप्त गर्न तपाईंले:
- एउटा NDIS कार्यालयमा कसैसँग कुरा गर्नुहोस्।
- हामीलाई १८०० ८०० ११० मा फोन गर्नुहोस्।
- अनुवाद र दोभाषे सेवा (Translating and Interpreting Service) लाई १३१ ४५० मा फोन गर्नुहोस् र NDIS सँग कुरा गर्ने भन्नुहोस्।
थप जानकारीका लागि सम्बन्धहरू बनाउने हेर्नुहोस्।
NDIS मा आवेदन गर्न
तपाईंले NDIS मा आवेदन गर्ने तरिका परिवर्तन हुनेछ।
यदि तपाईं NDIS को लागि योग्य हुनुहुन्छ भने, हामी तपाईंलाई NDIS मा आवेदन गर्न मद्दत गर्नेछौँ।
NDIS मा आवेदन गर्न, तपाईंलाई ‘मेरो NDIS सम्पर्क’ चाहिन्छ। तपाईंको मेरो NDIS सम्पर्क नै NDIS मा तपाईं र तपाईंको परिवारको लागि मुख्य सम्पर्क हो।
उनीहरूले:
- तपाईंलाई NDIS को बारेमा जानकारी दिनेछन्।
- तपाईंले के कस्ता सहयोगहरू प्राप्त गर्न सक्नुहुन्छ भनेर बुझ्न मद्दत गर्नेछन्।
- NDIS मा आवेदन गर्न तपाईंलाई सहयोग गर्नेछन्।
तपाईंको मेरो NDIS सम्पर्क NDIS साझेदार वा राष्ट्रिय अपाङ्गता बीमा निकाय (National Disability Insurance Agency) (NDIA/एन् डि आइ ए) कर्मचारी सदस्य हुन सक्छन्।
NDIS साझेदारहरू यी हुन्:
- प्रारम्भिक बाल्यकाल साझेदारहरू जसले ९ वर्षभन्दा कम उमेरका बच्चाहरूलाई मद्दत गर्छन्।
- ९ -६४ वर्षका उमेरका अपाङ्गता भएका व्यक्तिहरूलाई मद्दत गर्ने स्थानीय क्षेत्रका संयोजकहरू।
तपाईंको मेरो NDIS सम्पर्क NDIA को एक व्यक्ति हुनेछन् यदि:
- तपाईं अष्ट्रेलियाको दुर्गम क्षेत्रमा बस्नुहुन्छ।
- जटिल सहायता आवश्यकताहरू छन्।
- आवासीय वृद्ध हेरचाहमा एक जवान व्यक्ति हुनुहुन्छ।
- अस्पताल वा न्यायिक केन्द्रहरूमा हुनुहुन्छ।
तपाईंले NDIS मा आवेदन गरेपछि हामी तपाईंलाई हाम्रो निर्णय बताउन २१ दिनभित्र सम्पर्क गर्नेछौँ। हामी तपाईंलाई थप जानकारी माग्न पनि सक्छौँ।
यदि तपाईं योग्य हुनुहुन्छ भने, तपाईं NDIS सहभागी बन्नुहुन्छ। हामी तपाईंको पहिलो NDIS योजना विकास गर्न तपाईंको आवेदनमा तपाईंले साझा गर्नुभएको जानकारी प्रयोग गर्नेछौँ।
यदि तपाईं योग्य हुनुहुन्न भने, हामी किन भनेर व्याख्या गर्नेछौँ। तपाईंको NDIS साझेदारले तपाईंलाई तपाईंको समुदायका सहायताहरूसँग जोडिन मद्दत गर्नेछ।
तपाईंका समुदायका सेवाहरू र सहायताहरूसँग जोडिन, वा NDIS मा आवेदन गर्न, तपाईंले:
- एउटा NDIS कार्यालयमा कसैसँग कुरा गर्नुहोस्।
- हामीलाई १८०० ८०० ११० मा फोन गर्नुहोस्।
- अनुवाद र दोभाषे सेवा (Translating and Interpreting Service) लाई १३१ ४५० मा फोन गर्नुहोस् र NDIS सँग कुरा गर्ने भन्नुहोस्।
थप जानकारीको लागि 'NDIS मा आवेदन दिनुहोस्' हेर्नुहोस्।
तपाईंको योजना बनाउने
जब तपाईं NDIS सहभागी बन्नुहुन्छ तपाईंले NDIS योजना प्राप्त गर्नुहुनेछ।
NDIS योजना एउटा कागजात हो जसमा निम्न बारे जानकारी हुन्छ:
- तपाईं र तपाईंका लक्ष्यहरू।
- तपाईंलाई चाहिने सहायताहरू।
- NDIS ले के कस्ता सहयोगहरूका लागि भुक्तानी गर्नेछ भन्ने बारे।
तपाईंलाई तपाईंको योजना विकास गर्ने NDIA योजनाकारसँग योजना बैठक मा आमन्त्रित गरिनेछ।
NDIA योजनाकार ती व्यक्ति हुन् जसले:
- NDIA मा काम गर्दछन्।
- नयाँ NDIS योजनाहरू तयार गर्दछन्।
- NDIS योजनाहरू परिवर्तन गर्दछन्।
- तपाईंको NDIS योजनाको बजेट बनाउँछन्।
तपाईंको योजना बैठकमा, तपाईंको NDIA योजनाकारले तपाईंसँग निम्न बारे कुरा गर्नेछन्:
- तपाईंको योजनाको बजेट र सहायताहरू।
- उनीहरूले तपाईंको योजनाका बारेमा गरेका निर्णयहरू।
- तपाईं आफ्नो योजना कसरी व्यवस्थापन गर्न चाहनुहुन्छ भन्ने बारे।
- तपाईंको योजनामा प्रदायकरहरू अभिलेख गर्ने।
- तपाईंको योजनालाई आवश्यक पर्ने कुनै पनि परिवर्तनहरू।
हामी तपाईंलाई तपाईंको NDIS योजनाको प्रतिलिपि पठाउनेछौँ। तपाईंले आफ्नो योजना हेर्न मेरो NDIS सहभागी पोर्टल र मेरो NDIS एप प्रयोग गर्न सक्नुहुन्छ।
यदि हाम्रो नयाँ कम्प्युटर प्रणालीमा तपाईंको योजना छैन भने, तपाईंले भुक्तानीका दावीहरू गर्न 'माइप्लेस' सहभागी पोर्टल प्रयोग गरिरहनुपर्छ।
तपाईंको मेरो NDIS सम्पर्क नै कुरा गर्नको लागि सबैभन्दा ठीक व्यक्ति हुन् यदि तपाईंसँग:
- प्रश्नहरू छन् भने।
- तपाईंलाई NDIS सँग कुराकानी गर्दा सहायता चाहिन्छ भने।
तपाईंले आफ्नो योजनामा उनीहरूको सम्पर्क विवरणहरू फेला पार्न सक्नुहुन्छ।
यदि तपाईंसँग सहायता समन्वय वा स्वास्थ्यलाभ प्रशिक्षण सेवाहरूका लागि तपाईंको योजनामा वित्तीय सहयोग छ भने, तपाईंले निम्नबाट तपाईंको योजना प्रयोग गर्न मद्दत प्राप्त गर्न सक्नुहुन्छ:
- सहायता संयोजक – जसले तपाईंलाई योजना बनाउन र तपाईंका सहायताहरू प्रयोग गर्न मद्दत गर्दछन्।
- 'स्वास्थ्यलाभ प्रशिक्षक – जसले तपाईंलाई तपाईंको मानसिक स्वास्थ्यमा सहयोग गर्दछन्।
तपाईंले आफ्नो NDIS योजना प्राप्त गरेपछि, तपाईंको मेरो NDIS सम्पर्कले तपाईंलाई आफ्नो योजना प्रयोग गर्न मद्दत गर्न योजना कार्यान्वयन बैठक प्रस्ताव गर्नेछन्।
तपाईंको मेरो NDIS सम्पर्कले तपाईंको योजना कस्तो चल्दैछ भनेर सोध्न वर्षको एक पटक तपाईंसँग 'चेक - इन' गर्नेछन्।
थप जानकारीको लागि हाम्रो वेबसाइटको तपाईंको योजना बुझ्नुहोस् र तपाईंको योजना प्रयोग गर्ने भन्ने खण्डहरू हेर्नुहोस्।
तपाईंको योजना परिवर्तन गर्ने
यदि तपाईंको आफ्नो जीवनमा परिवर्तनहरू भएका छन् जसको मतलब तपाईंलाई अधिक, कम वा फरक सहायताहरू चाहिन्छ भने, तपाईं कुनै पनि समयमा आफ्नो योजना परिवर्तनको लागि सोध्न सक्नुहुन्छ
तपाईंको योजना परिवर्तन गर्ने दुई तरिकाहरू छन् – योजना हेरफेर वा योजना पुन: मूल्याङ्कन।
योजना हेरफेर भनेको तपाईंको हालको योजनामा एउटा सानो परिवर्तन हो। योजना पुन: मूल्याङ्कन तब हुन्छ जब हामी तपाईंको योजनालाई नयाँ योजनामा बदल्छौँ।
तपाईंको मेरो NDIS सम्पर्क, सहायता संयोजक वा स्वास्थ्यलाभ प्रशिक्षकले तपाईंको योजनाको परिवर्तनबारे निर्णय गर्न आवश्यक जानकारी र प्रमाणहरूबारे व्याख्या गर्न सक्छन्।
थप जानकारीको लागि तपाईंको योजना परिवर्तन गर्ने हेर्नुहोस्।
मेरा प्रदायकहरू
तपाईंको नयाँ NDIS योजनामा सेवा बुकिंगहरू हुनेछैनन्।
यदि तपाईंसँग तपाईंको योजनामा NDIA - प्रबन्धित कोष, विशेषज्ञ अपाङ्गता आवास, घर र बस्ने सहायताहरू वा व्यवहार सहायताहरू छन् भने, तपाईंले हामीलाई कुन प्रदायकहरूले तपाईंलाई सहायताहरू उपलब्ध गर्छन् भन्ने कुरा बताउनु पर्छ ताकि हामी उनीहरूलाई तपाईंको योजनामा अभिलेख गर्न सक्छौँ।
तपाईंको योजनामा अभिलेख गरिएका प्रदायकहरूलाई हामी ‘मेरा प्रदायकहरू’ भन्छौँ। तपाईंका योजनाका प्रदायकहरूले तपाईंको NDIS योजना विरुद्ध दावीहरू गर्न सक्छन् जब उनीहरूले तपाईंका सहायताहरू प्रदान गर्छन्।
तपाईंको योजनामा प्रदायकहरूको अभिलेख गर्नुको मतलब यो हो कि हामीले उनीहरूलाई भुक्तानी गर्नु अघि हामीले तपाईंसँग जाँच गर्नुपर्दैन।
तपाईंले कुनै पनि समयमा आफ्ना मेरा प्रदायकहरू अद्यावधिक गर्न वा परिवर्तन गर्न सक्नुहुन्छ।
थप जानकारीको लागि मेरा प्रदायकहरू हेर्नुहोस्।
NDIS लाई सम्पर्क गर्नुहोस्
निःशुल्क अनुवादक वा दोभाषेको लागि १३१ ४५० मा फोन गर्नुहोस् र NDIS सँग कुरा गर्ने भन्नुहोस्।
तपाईंको मेरो NDIS सम्पर्कले तपाईंसँग भेट्दा वा कुरा गर्दा दोभाषेको पनि व्यवस्था गर्न सक्छन्।
तपाईंको प्रदायकले पनि उनीहरूसँग भेट्दा वा कुरा गर्दा दोभाषेको व्यवस्था गर्न सक्षम हुन सक्छन्।
तपाईं NDIS कार्यालयमा पनि जान सक्नुहुन्छ र दोभाषेसँग कुरा गर्ने भन्न सक्नुहुन्छ। NDIS वेबसाइटमा तपाईंको नजिकको NDIS कार्यालय कहाँ छ भनेर पत्ता लगाउनुहोस्।
सजिलै पढ्न सकिने (Easy Read)
NDIS बारे जानकारी Easy Read मा पनि अनुवाद गरिएको छ। धेरै व्यक्तिहरूलाई Easy Read सामग्री उपयोगी लाग्छ, जसमा अङ्ग्रेजी पढ्न गाह्रो लाग्ने व्यक्तिहरू पनि पर्छन्।
Easy Read मा सामग्री हेर्न NDIS मा 'पुस्तिकाहरू र तथ्यपत्रहरू' पृष्ठमा जानुहोस्।